नेपाल प्रज्ञा प्रतिष्ठान

शुभकामना

नेपाल बहुभाषिक एवं बहुसाँस्‍कृतिक मुलुक हो। १२३ भन्‍दा बढी भाषा बोलिने यस मुलुकका सबै  मातृभाषालाई नयाँ संविधानले राष्‍ट्रभाषाको मान्‍यता प्रदान गरिसकेको छ। अझ मुलुक संघिय प्रणालीमा गइसकेको अवस्‍थामा नेपालका मातृभाषाहरूको उत्‍थान एवं प्रवर्दन गर्नु राज्‍यको मुख्‍य दायित्‍व नै हो। यद्यपि, भाषा त त्‍यस भाषाका सेवक र वक्‍ताहरूले नै बचाउने हुन। राज्‍यको दायित्‍व चाहीँ भाषाका सेवक, सर्जकहरूलाई प्रोत्‍साहित गर्ने र तत्भाषामा अवसरहरूको सृजना गर्ने नै हो। फलस्‍वरूप आज देशका सबै जाती, समुदायमा आफ्नो भाषा संस्कृति वा पहिचानको खोजी गर्ने कार्य तिव्रताका साथ भइरहेको छ। एक प्रकारले यसलाई साँस्‍कृतिक पुनर्जागरण भन्‍न सकिन्‍छ। राज्‍य स्‍वयं पनि प्रयत्‍नशील छ। यस्‍तो बेलामा नेपाल कै गौरवशाली एवं ऐतिहासिक जाति  स्युबा समुदायले बोल्‍ने स्युबा (कागते) भाषाको शब्‍दकोष स्युबा समुदायको सहभागितामा निर्माण तथा प्रकाशन गर्न हिमाली आदिबासी समाज सफल हुनु भएकोमा नेपाल प्रज्ञा प्रतिस्‍ठान (साहित्‍य) विभाग हार्दिक बधाई ज्ञापन गर्दछ। साथै यस शब्‍दकोष स्युबा भाषाको आधार (मानक) कोष बनोस शुभकामना टक्र्याउदछ। धन्‍यबाद।

मिति: २०७२/०६/१३

श्रवण मुकारूङ

(सदस्‍य)

मातृभाषा (साहित्‍य) विभाग

नेपाल प्रज्ञा–प्रतिष्‍ठान