Sorry, this entry is only available in Nepali.

मन्तव्य

पश्‍चिमी तामाङ भाषालार्इ संरक्षण र प्रवर्धन गर्नको निम्ति यस शब्दकोश एउटा महत्वपूर्ण लिखित दस्तावेजको रूपमा आएको छ। यसभन्दा अघि पनि केही शब्दकोशहरू प्रकाशन नभएका भने होइनन् तर पश्‍चिमी तामाङ भाषाको लेखनशैली निर्देशिका अनुसार यो शब्दकोश तयार भएको हुनाले विभिन्‍न ठाउँअनुसार धेरै भाषिकाहरू भए तापनि यसको प्रयोगले लेखनशैलीमा एकरूपता ल्याउन मदत पुग्नेछ। साथै यस शब्दकोशको एउटा महत्वपूर्ण विशेषता चाहिँ यसमा पश्‍चिमी क्षेत्रका प्रायः सबै ठाउँहरूमा प्रयोग गरिने शब्दहरू समावेश भएका छन्।

भाषालार्इ लिखितरूपमा विकास गर्नको निम्ति शब्दकोश नै प्रमुख आधार मानिन्छ। तसर्थ आउने दिनहरूमा पश्‍चिमी तामाङ भाषामा बहुभाषिक शिक्षा, साक्षरता कार्यक्रम तथा साहित्यिक रचनाहरू र सृजनाहरूलार्इ प्रवर्धन गर्नको निम्ति पनि यो शब्दकोश महत्वपूर्ण स्रोत हुनेछ।

यो शब्दकोश निर्माणमा भाषाविद् डा. नेत्रमणी दुमीराई, सहजकर्ता मारिसिस्को खड्की, दिवाकर मान श्रेष्ठ, सुशील सुब्बा, MTCN का कर्मचारीहरू, सम्पादन गर्नेहरू सुश्री चन्द्रमाया र आमोश तामाङ लगायत शब्द सङ्‌कलनमा सहयोग गर्न विभिन्‍न जिल्‍लाबाट आउनुभएका व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको छ।

 

- धनबहादुर तामाङ

लमजुङ