श्रेय र कृतज्ञता

 

काभ्रे जिल्‍ला दोलालघाटका सिहबहादुर माझी र चैथलीका सोमबहादुर माझीले सुनकोशीमा बोलिने भाषाका शब्‍दहरू र खोटाङ रँबुवाका तेजबहादुर माझी र सम्‍भु माझीले दुधकोशीमा बोलिने भाषाका शब्‍दहरू टिपाइ दिएर ठूलो गुण लगाउनु भएको छ। उहाँहरूलाई हृदय देखिनै धन्‍यवाद दिन चाहन्‍छु। तामाकेसी, सुनकोसी, दुधकोसीका अरू माझी समुदायले त्‍यस क्षेत्रका शब्‍द सङ्कलनमा सहयोग गर्नु भएकोमा धन्‍यवाद दिन चाहन्‍छु।

 

भाषाशास्‍त्री प्रा. डा. माधवप्रशाद पोख्रेलज्‍यूले सर्वप्रथम भाषाविज्ञान अनुसार शब्‍दकोश कसरी बनाउने? भन्‍ने बारेमा धेरै कुराहरू सिकाउनु भयो। त्‍यत्ति सिकाइले पुगेको थिएन। भाषाशास्‍त्री अमृत योन्‍जनज्‍यूले २०५७ सालदेखि प्रकाशन योग्‍य नहुन्‍जेलसम्‍म (१४ वर्ष) निरन्‍तर दिक्‍क नमानी हालसम्‍म निशुल्‍क सुझाव र सल्‍लाह दिइराख्‍नु भयो। उहाँहरूलाई हृदयदेखि नै कृतज्ञता ज्ञापन गर्न चाहन्‍छु। २०६८ साल देिअ अहिले सम्‍म भाषाशास्‍त्री अमृत योन्‍जनज्‍यूको सहयोगले धेरै ठाउँमा थप घट परिमार्जन र डिजाइन समेतगरी दोश्रो प्रकाशनको लागि पेशगरेको पाण्‍डुलिपी आदिबासी जनजाति उत्‍थान राष्‍ट्रिय प्रतिष्‍ठानले दोश्रो प्रकाशन गरीदिएकोमा आभार व्‍यक्त गर्दछु।

 

जिल्‍ला सिन्‍धुपाल्‍चोक, बाँसबारी गा.बि.स. वडा नं. बाहुनीपाटी हाल का.म.न.पा.४ चण्‍डोलका टिकाबहादुर माझी र चिनिमाया माझीले २०५८ सालदेखि हालसम्‍म मेरो खाने र बस्‍ने व्‍यवस्‍था नगरिदिएको भए पनि यो सम्‍भव थिएन। म र यस शब्‍दकोशले उहाँहरू र अमृत योन्‍जनज्‍यूको ऋण कहिल्‍यै तिरेर सक्‍ने छैन। उहाँहरूलाई धन्‍यवादसहित विशेष आभार व्‍यक्त गर्दछु।

 

विभिन्‍न जिल्‍लाका माझी समुदायले कसैले कागज, कलम, कापी दिएर, कसैले खाना खुवाएर, कसैले बास दिएरसमेत सहयोग गर्नु भएकोमा सहयोगको लागि सम्‍पूर्ण माझी समुदायहरूलाई हार्दिक धन्‍यवाद दिन चाहन्‍छु।

 

जिल्‍ला उदयपुर, बाँसबोटे गा.बि.स.वडा नं.५ बस्‍ने श्री हरिबहादुर माझी, जिल्‍ला मकवानपुर, राइगाउँ गा.बि.स. बस्‍ने श्री सन्‍तबहादुर माझी र नेपाल माझी उत्‍थान संघले Design गर्न सहयोग गर्नुभएकोमा आभार व्‍यक्त गर्दै धन्‍यवाद दिन चाहन्‍छु। उदयपुर जिल्‍ला रिस्‍कु गा.बि.स.४ निवासी छकु कुमारी माझीले यस शब्‍दकोशको Design गरी सहयोग गर्नुभएकोमा धन्‍यवाद दिन चाहन्‍छु। यहाँहरूको सहयोग प्राप्‍त नभएको भए यो शब्‍दकोश प्रकाशन योग्‍य हुनसक्‍ने थिएन। यसमा सहयोगीहरू सबैको नाम उल्‍लेख गर्न असमर्थ भएँ क्षमा प्रार्थी छु। सहयोगको लागि सबैलाई धन्‍यवाद दिन चाहन्‍छु। माझी भाषाको शब्‍दकोश बनाउनुपर्छ भनेर हौसला दिइरहनु हुने स्‍वर्गीय श्री सुर्यबहादुर माझीज्‍यूलाई हार्दिक धन्‍यवाद दिन चाहन्‍छु। उहाँ जिवित छँदै प्रकाशन गर्न धरै प्रयास गरेँ नसकेकोमा मृतात्‍मसँग क्षमा याचना गर्दछु।

-धन बहादुर माझी