स्युबा कल्याण समाज

आभार मन्तब्य

आज हामीलाई साह्रै खुसी लागेको छ। किनकी यो २१ औँ शताब्दीमा पुग्दा पनि हामीले आफ्नो मुल सम्पति अर्थात मातृभाषाको संरक्षण गर्न सकेका रैनछौ। हुन त विगत ३ दशक पहिला देखि नै विभिन्‍न व्यक्तिहरूले प्रयास गरी रहेको थियो तर पूर्णरूप लिन सकेको थिएन। हाल आएर यस स्युबा भाषाको विकास तथा संरक्षणको लागि SIL International, MTCN र HIS Nepal जस्ता सामाजिक संस्थाहरूको विशेष सहयोगमा यस स्युबा भाषाको अभिलेखिकरण, वर्णविन्‍यास, मातृभाषा साक्षरता सर्वेक्षण र शब्‍दकोश निर्माण जस्‍ता महत्वपुर्ण भाषा विकासका कार्यहरू गरी हामीलाई महत्वपुर्ण योगदान गर्नु भएकोमा उहाँहरू प्रति हार्दिक धन्यवाद प्रकट गर्दछु। साथै स्युबा भाषा विकासको लागि प्रत्यक्ष अप्रत्यक्ष योगदान गर्नु हुने स्युबा समुदायका व्यक्तिहरूलाई अभार व्यक्त गर्दछु। यसैगरि स्युबा दाजुभाई तथा दिदीबहिनीलाई अगामी दिनहरूमा यस्तै भाषा तथा संस्कृति विकासका कार्यहरू प्रति लगनशील हुन अग्रह गर्दै, यो हाम्रो शब्‍दकोषले हाम्रो भाषा संरक्षण र विकासमा महत्‍वपुर्ण टेवा पुगोस भन्दै स्युबा भाषा शब्दाकोष निर्माणमा लागि परेका सम्पुर्ण भाषा विज्ञहरू र सहयोग गर्नु हुने संघ संस्थाहरूप्रति आभार व्‍यक्त गर्दछु।

मिति : २०७२।६।१४

निङमर स्युबा (दोङबा)

स्युबा कल्याण समाज नेपाल

सचिव