परिचय

परिचय:

नेपालमा बोलिने धेरै भोट बर्मेली भाषाहरूमध्ये मगर पनि एक हो। सन् २०११ को राष्ट्रिय जनगणनाको तथ्याङ्‍क अनुसार, मगर नेपालको तेस्रो ठूलो जनजाती समूहमा पर्दछ। त्यसो भए तापनि, मगर भाषासँग सम्बन्धित खोज अनुसन्धान र यस भाषालाई लिपिबद्ध गर्ने काम भने थोरै मात्र भएको पाइन्‍छ। यसो हुनुको मूख्य कारण भने नेपालको भाषिक विविधता नै हो। यस्तो समस्या मगर भाषामा मात्र नभै नेपालका अन्य सीमान्तकृत (अल्पसङ्ख्यक) भाषाहरूमा पनि पाइन्‍छ। तथापि भाषामा भएको विविधता (भाषिका वा उपभाषा), विभिन्‍न भौगोलिक क्षेत्रमा छरिएर रहेका ठूलो जनसङ्ख्यालाई विचार गर्दा भने मगर भाषामा काम (खोज-अनुसन्धान) गर्न चाहने जो-कोही पनि यस कामको लागि उत्साहित हुन सक्छन्‌।

लिन्सुन, पूर्वी मगरको समाजभाषावै निक सर्वेक्षण २०१३, त्रि वि र एस आई एल इन्टरनेशनल को संयुक्त प्रयासमा गरिएको पूर्वी मगर भाषाको खोज-अनुसन्धानको अनुसार, काठमाण्डौदेखि पूर्वमा बोलिने पूर्वीय मगर भाषामा समानता छ भने काठमाण्डौदेखि पश्चिमी क्षेत्रमा बोलिने उप-भाषाहरूमा भने धेरै भिन्‍नता छ।

पश्चिममा बोलिने मगर उप-भाषिकाको सानो शब्‍द-संग्रह प्रकाशित भएको छ। यो भाषिका पछिगएर क्षेत्रगत हिसावले केन्द्रीय भाषाको रूपमा स्थापित हुन सक्‍छ। मगर समुदायमा बोलिने उप-भाषाहरू धेरै भएकाले गर्दा पश्चिमी क्षेत्रमा यो भाषालाई केन्द्रीय (मूख्य) भाषाको रूपमा स्वीकार्ने सङ्‌केत भने देखिँदैन। (अहिलेसम्म पनि यस भाषाको स्तरीय साहित्य लेखन एवं प्रकाशन भएको छैन।) पश्चिमी भाषाको रूपमा उल्‍लेख गरिएको यो भाषा नवलपरासी जिल्‍लाको पहाडी क्षेत्रमा बोलिने मगर भाषा मात्र हो। यो क्षेत्र बाह्र मगरातको मुटु मानिने पूर्व र दक्षिणका केही भागहरू जस्तै; पाल्पा, स्याङ्‌जा, तनहु (सुर्खेत क्षेत्रमा बसोबास गर्ने मगर जातिमा उल्‍लेख नगरिएको) तथा गोरखाको पश्चिमी भाग र पूर्वतिरका जिल्‍लाहरू: सर्लाही, भोजपुर, धनकुटा, मोरङ आदि ठाउँहरूमा यो भाषा बोलिन्‍छ।

यहाँ जुन तथ्यहरू प्रकाशित भएका छन्‌, ती नवलपरासी जिल्‍लाका पहाडी क्षेत्रका बन्दिपुर, डेडगाउँ र अर्खलाका (विज्ञ) मगर भाषी हरूको सहयोगबाट भएको हो। नेपालको एउटा लोपोन्मुख मगर उप-भाषालाई संरक्षण र लिपीवद्ध गर्ने सानो प्रयास स्वरूप यो शब्‍द-संग्रह निकालिएको छ। पछि यस प्रारम्भिक कार्यमा अन्य भाषिकालाई समेत समावेश गरेर अझ वृहत् बनाउन पनि सकिन्‍छ।

शब्द-संग्रहमा मगर भाषाको अर्थ स्पष्ट पार्न मगर भाषाको अलावा अन्य तीन भाषाहरू; नेपाली, अंग्रेजी र हंगेरियन (जसलाई मग्यार पनि भनिन्छ) समावेश गरिएका छन्। हंगेरियन/मग्यार भाषा अनुसन्धानकर्ता स्वयंको मातृभाषा हो। जो टाढाका आफ्ना आफन्तजनलाई भेट्‌न नेपाल आएका थिए। (१९ औं शताब्दीमा हंगेरियन पूर्खाहरू लामो समयसम्म दक्षिण एशियामा रहेको कुरा हंगेरियन भाषाविद Sandor Korosi Csoma ले पत्ता लगाएका थिए।) डा. हर्ष बहादुर बुढामगरद्वारा लिखित 'मगर र मग्यार: पूर्खाहरुको खोजी-भाषा र लिपीको उत्पत्तिको प्रसंग, १९९६' नामक पुस्तकमा पनि यो कुराको बारेमा उल्‍लेख गरिएको छ।

मातृभाषा केन्द्र नेपालद्वारा प्रकाशित ‘मगर भाषाको लेखन शैलीको प्रस्तावित पुस्तक, जुलाई २०१६’ लाई आधार मानेर शब्द-संग्रहमा हिज्जेहरू राखिएका छन्‌।

 

अन्द्रेया चेप्य, जुलाई २०१७