शुभकामना

पश्‍चिमी तामाङ भाषाको पाठकहरूको निम्‍ति मातृभाषा केन्‍द्र नेपालले पश्‍चिमी तामाङ भाषाको शब्दकोश प्रकाशनको तयारी गरेको खवर सुन्‍न पाउँदा हामीलाई अत्‍यन्‍तै खुशी लागेको छ।

नेपालको मध्‍य पहाडी क्षेत्र मुख्‍य थलो रहेको तर हाल प्राय: सबै क्षेत्रमा धेरथोर संख्‍यामा बसोबास गर्ने तामाङ समुदायको भौगोलिक अवस्‍थितिको कारणले तामाङ समुदायको भाषा एउटै भएपनि बोल्‍ने तरिकामा विभिन्‍नता रहेको छ। जसको संरक्षण, सम्‍बर्धन गर्नु आजको आवश्‍यकता हो र स्‍थानीय तहमा बोलिने भाषाहरूको सकंलन तथा प्रकाशन सबै क्षेत्रमा हुनु जरूरी ठानेका छौ।

यसै सन्‍दर्भलाई ध्‍यान दिई मातृभाषा केन्‍द्र नेपालले पश्‍चिमी क्षेत्रमा बोलिने स्‍थानीय भाषाहरूलाई सकंलन गरी शब्दकोश प्रकाशन गर्न लागेकोमा संस्‍थालाई हार्दिक धन्‍यवाद दिँदै प्रकाशनको लागि शुभकामना व्यक्त गर्दछौ। साथै यो प्रकाशनले भावी दिनमा तामाङ भाषाको बृहत् शब्दकोश निर्माणमा समेत टेवा पुग्‍ने विश्‍वास लिएका छौ। थुजेछे!

- मोहन गोले तामाङ

अध्यक्ष