यस धिमाल – नेपाली - अङ्ग्रेजी शब्दकोश निर्माणको काममा विभिन्न प्रकारले सहयोग पुर्याउनु हुने निम्न लिखित व्यक्ति तथा संस्थाहरूप्रति हामी कृतज्ञता ज्ञापन गर्दछौं।
भाषा विकासको सुरूवाती कार्यक्रम: शब्दकोश निर्माण गर्नु अगावै वर्ण निर्धारण र लेखनशैलीको व्यापक छलफल गरिनु आवश्यक पर्दछ। यस्तो छलफलमा भाषिक समुदायको अर्थपूर्ण सहभागिताको महत्व धेरै नै रहेको हुन्छ। धिमाल भाषाको वर्ण निर्धारण तथा लेखनशैली गोष्ठीमा धिमालभाषी प्रतिनिधिहरूको उपस्थिति गराउने महत्वपूर्ण जिम्मेवारी बहन गर्नुहुने श्री मोहन धिमाल।
शब्द प्रविष्टि: श्री चन्द्रकान्त धिमाल, तिलक धिमाल र जीवन कुमार धिमाल।
प्राविधिक: शब्दकोश प्रविष्टिको दौरानमा प्राविधिक क्षेत्रमा सहयोग पुर्याउनु हुने श्री दिवाकरमान श्रेष्ठ, अनन्त जोशी तथा एस. आइ. एल. इन्टरनेशनल (नेपाल) को वर्तमान भाषा प्रविधि सहयोगी सुश्री रेसा ल्होमी, भाषा विकास परियोजना सल्लाहकार : डा. नेत्रमणि दुमीराई ।
समुदायमा छलफल तथा पुनरावलोकन: धिमाल जाती विकास केन्द्रका अध्यक्ष श्री तेज बहादुर धिमाल, महासचिव श्री केदार धिमाल, निवर्तमान अध्यक्ष श्री नगेन्द्र धिमाल र शिक्षा विभागका प्रमुख श्री बुद्धिलाल धिमाल ।
शब्दकोश कार्यशाला: डा. सोम धिमाल, डा. कर्णाखर खतिवडा, डा. नेत्रमणि दुमीराई।
समुदाय पुनर्जाँच, समीक्षा एवं भाषा सम्पादन: श्री गणेशमान धिमाल, श्री पात्र धिमाल, श्री मोहन धिमाल, श्री बुद्धिलाल धिमाल, श्री जीवन कुमार धिमाल र डा. सोम धिमाल ।
अङ्ग्रेजी प्रुफ-रिडिङ : श्री डेभिड रुथर्फर्ड।
नेपाली प्रुफरिडिङ : श्री सुशील सुब्बा, श्री आशा मोक्तान, श्री विवेक आले, श्री सुमन दर्लामी र श्री तेम्बा भोटे (थिकेपा)।
विशेष प्रुफरिडिङ : डा. सोम धिमाल, डा. कर्णाखर खतिवडा, डा. नेत्रमणि दुमीराई तथा श्री सुशील सुब्बा।
आवरण ढाँचा : श्री तेम्बा भोटे (थिकेपा)।
शुभकामना मन्तव्य : डा. लवदेव अवस्थी, अध्यक्ष, भाषा आयोग, नेपाल सरकार;
डा. कर्णाखर खतिवडा, सहप्राध्यापक, भाषाविज्ञान केन्द्रीय विभाग, त्रि. वि.
विशेष सहयोगी : एस. आइ. एल. इन्टरनेशनल (नेपाल) तथा श्री धिमाल जाति विकास केन्द्र
योजना सम्बन्धी योगदान : एस. आई. एल. इन्टरनेशनल (नेपाल) का निवर्तमान निर्देशक श्री डानियल वाटर्स, मारिसिस्को खड्की, एस. आई. एल. इन्टरनेशनल (नेपाल) का वर्तमान श्री निर्देशक श्री क्वाङ्जु छो तथा वर्तमान राष्ट्रिय निर्देशक श्री पृथ्वी चौधरी तथा मातृभाषा केन्द्र नेपालका निर्देशक श्री सुशील सुब्बा।