शब्दकोष कसरी प्रयोग गर्ने?

शब्दकोश कसरी प्रयोग गर्ने?

धिमाल भाषाको शब्दकोश प्रकाशन गरिनै लागेको छ। कोशविज्ञानमा आधारित यो शब्दकोश यस भाषामा लेखन मानकता निर्धारणपछिको पहिलो प्रयास हो। यो काम भाषिक समुदाय र संस्थाको प्रत्यक्ष संलग्‍नतामा दुईवर्ष अघिदेखिको अनवरत प्रयत्नबाट सम्भव हुन लागेको छ। यसमा समावेश ठेट धिमाल शब्दहरू आफैँमा पूर्ण नभएर सुरुवात मात्र मान्‍नु पर्ने हुन्छ। यस त्रिभाषी ‘धिमाल-नेपाली-अङ्‍रेजी’ शब्दकोशमा स्वभावत: धिमाल भाषालाई स्रोतभाषा र अन्य दुई भाषाहरू: नेपाली र अङ्‍रेजीलाई लक्षित भाषाको रूपमा लिइएका छन्।

शब्दकोशको मूल प्रविष्‍टिमा ठेट धिमाल शब्दहरू राखिएकाले तत्भाषिक समुदायका लागि उपयोगी हुने नै भयो, साथमा जिज्ञासु अध्येताहरू, अनुसन्धाताहरू र गैर धिमाल (Non-Dhimal) पाठकहरूलाई प्रयोग गर्न सजिलोको लागि पछिल्‍ला दुई खण्डहरूमा क्रमश:  ‘नेपाली-धिमाल’ मा नेपाली र ‘अङ्‍रेजी-धिमाल’ मा अङ्‍रेजीलाई स्रोतभाषा मानेर अर्थ्याइएका छन्। यसो गरिनाले नेपाली वा अङ्ग्रेजी मात्र बुझ्‍ने तर धिमाल बुझ्‍न नसक्ने पाठकहरूका लागि ‘धिमाल’ भाषाको शब्दहरूका बारेमा जानकारी लिनका लागि सीधा सहयोग पुग्नेछ। शब्दकोशको उपयोगितालाई ध्यानमा राखी निम्‍न उप-शीर्षकहरूमा अझ खुलस्त पार्न खोजिएको छ।

१. मूल प्रविष्‍टि (Head Entry)

प्रस्तुत शब्दकोशमा-

(१) अधिकतम प्रयासका साथ सकेसम्म धेरै ठेट धिमाल शब्दहरू प्रविष्टि गरिएका छन्।

(२) मूल प्रविष्टिमा स्रोतभाषा ‘धिमाल’ का सबै क्षेत्रका बोलीचालीका शब्दहरू समावेश छन्।

(३) शब्दकोशमा जम्मा ७ हजार २ सय ७८ मूल प्रविष्टिहरू रहेका छन्।

(४) मूल प्रविष्‍टिलाई सजिलोगरी बुझ्‍नका लागि प्रचलित देवनागरीमा लिपिवद्ध गरिएको छ।

(५) स्रोतभाषाका शब्दहरू सजिलैसँग पत्ता लगाउन मूल प्रविष्टिलाई गाढा अक्षरमा राखिएको छ। जस्तै:- बोदो ना. छिचिमिरो n. a white male ant; लेम्ढा वि. अल्छे adj. lazy; चुम्‍पुलि क्रि. लैजानु v. to take away आदि।

शब्दकोश निर्माणमा प्रचलित मान्यताअनुसार मुल प्रविष्टमा धिमाल ठेट शब्दहरूलाई व्यवस्थित गरिएका छन्। यसो गरिँदा धिमाल वर्णमालाको वर्णानुक्रमअनुसार स्वर तथा व्यञ्जन वर्णहरूलाई क्रमबद्ध गरिएका छन्।

२. वर्णानुक्रम (Alphabetical order)

अन्य भाषाहरूमा जस्तै धिमाल भाषामा पनि स्वर तथा व्यञ्‍जन ध्वनिहरू रहेका छन्। ती ध्वनिहरूलाई वर्णमालाको क्रमअनुसार नै तल व्यवस्थित गरिएका छन्।

२.१ स्वर ध्वनिहरू (Vowel Phonemes)

धिमाल भाषाको उच्‍चारणमा छ वटा स्वर ध्‍वनिहरू छन्। ती ध्वनिहरूलाई देवनागरीमा तल लिपिवद्ध गरिएका छन्।

- आ: ए: ओ: इ: उ:

धिमाल भाषामा उपर्युक्‍त स्वर ध्वनिहरूमध्ये ‘अ’ बाहेक सबैको लामो (दीर्घ) रूप पनि रहेका छन्। लामो (दीर्घ) स्वर ध्वनिलाई ‘ : ’ चिन्हले शङ्केत गरिएको छ।

२.२ व्यञ्‍जन ध्वनिहरू (Consonant phonemes)

धिमाल भाषाको उच्‍चारणमा ३६ वटा व्यञ्‍जन ध्वनिहरू पाइन्छन्। ती ध्वनिहरूलाई प्रचलित देवनागरीमा तल लिपिवद्ध गरिएका छन्।

 

व्यञ्जन ध्वनिहरू  
न्ह
म्ह
य्ह र्‍ह ल्ह
व्ह अ\

(क) धिमाल भाषाको वर्णहरूमा विभिन्न किसिमका मात्राहरू लागेर शब्द निर्माण ‍हुने गर्दछन्। शब्दहरू पत्ता लगाउन वर्णहरूका साथै मात्राहरूको क्रम पनि थाहा पाउनु आवश्यक हुन्छ। जसको बारेमा तल उल्‍लेख गरिन्छ।

धिमाल भाषामा प्रयोगमा आउने मात्राहरू यस प्रकार छन्:

मात्रा- - ि
उदाहरण- (क) (का) (कि) (कु) (के) (को)

(ख) धिमाल भाषामा ‘अ’ बाहेकका स्वरहरूमा ह्रस्व र दीर्घको भेद (length contrast) पाइन्छ। जस्तै: दाःमोमोका वि. अलिलि कालो adj. pale black; दि:लि क्रि. धपाउनु v. to chase; दे:पालि क्रि. फसाउनु v. to entrap; दु:लि क्रि. पोल्नु v. to burn; दो:पिलि देखाउनु v. to show आदि।

(ग) भाषा लेखनको सिलसिलामा देवनागरी वर्णमालाको ह्रस्व ‘इ-कार’ र ‘उ-कार’ का लागि क्रमश: ‘ि’ र ‘ु’ चिन्हहरूको प्रयोग गरिन्छ।

जस्तै: देलि क्रि. ओकल्नु v. to vomit; दोसुका ना. जम्काभेट n. encounter; धुदि ना. माऊ n. mother आदि।

(घ) भूगोलको हिसाबले समग्र धिमालभाषी क्षेत्रलाई माईखोलापूर्व र पश्‍चिम गरी मुख्य दुईवटा क्षेत्रको रूपमा लिइन्छ। सोही अनुसार ती अलग दुई क्षेत्रहरूलाई क्रमश: पूर्वीलाई (पू) र पश्‍चिमीलाई (प) ले शङ्‍केत गरी शब्दकोशमा मुल प्रविष्टि गरिएका छन्।

(ङ) यी दुवै क्षेत्रमा बोलिने मौलिक धिमाल शब्दहरूलाई समान प्राथमिकताका साथ प्रविष्‍टिमा विशेष ध्यान दिइएको छ।

(च) शाब्दिक वर्ग: नाम (ना.), सर्वनाम (सर्व.), क्रिया (क्रि.), विशेषण (वि.), क्रियाविशेषण (क्रि.वि.) तथा व्याकरणीक कोटी (वा वर्ग): कारक (का.), नामयोगी (ना.यो.), संयोजक (सं.) आदि सबै पक्षहरूलाई मूल प्रविष्‍टिमा समेटिएका छन्।

(छ) धिमाल क्षेत्रका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्वका व्यक्तिवाचक नामहरूलाई पनि मूल प्रविष्‍टिमा समेटिएका छन्। जस्तै:- चेलेङ्‍गि ना. धिमाल जातिको परम्परागत घरमा माछा मासु चुलामाथि राखेर सुकाउने सामाग्री।

(ज) सबै क्षेत्रमा एकै प्रकारले बोलिने धिमाल क्रियामूलमा साझा रूपमा ‘-लि’ जोडेर प्रविष्टिमा एकरूपता ल्याइएको छ। जस्तै:- धुकिलि क्रि. पस्‍नु v. to enter; धुम्‍लि क्रि. लगाउनु v. to fill; धोइलि क्रि. बाँध्नु v. to fasten आदि।

(झ) आगन्तुक शब्दहरूलाई धिमाल भाषाको मौलिक उच्‍चारण, वर्णमाला तथा लैखनशैलीअनुसार प्रविष्‍टि गरिएका छन्।

जस्तै:- भोमरा (भमरा); भुन्भुनाइलि (भन्किनु); गोठा (गोठ) आदि।

(ञ) निपात र संयोजक शब्दहरूलाई पनि मूल प्रविष्‍टिमा नै समावेश गरिएका छन्। जस्तै:- माकुनुते संयो. नत्रभने conj. otherwise; भुरुङ संयो. बरु conj. Rather आदि।

३. उच्‍चारण (Pronunciation)

धिमाल भाषा भोट-बर्मेली भाषापरिवार अन्तर्गत पर्दछ। यस भाषाको विशेषता अन्य कतिपय भोट-बर्मेली भाषाहरूसँग केही न केही रूपमा मिल्न जान्छ। यस शब्दकोशमा प्रस्तुत प्रविष्‍टिहरूलाई देवनागरीमा लिपिवद्व गरिएका छन्। जस्तै:- खेःलि क्रि. बजाउनु v. to play; वाराङ बेराङ वि. बूढाबूढी adj. old parents; बेबालना. नारी n. female आदि।

४. भाषिक भेद (Linguistic Variation)

४.१ क्षेत्रगत भेद (Regional Variation)

भौगोलिक आधारमा विचार गरिहेर्दा धिमाल भाषा बोलिने क्षेत्र निकै विशाल छ। बोलीचालीको हिसाबले विशेष रूपमा मोरङ र झापा जिल्‍लाअन्तर्गतका विभिन्‍न धिमाल गाउँठाउँहरूमा प्रचलनमा रहेको पाइन्छ। यी क्षेत्रहरूमा बोलिने अधिकांश धिमाल शब्दहरूमा एक-आपसमा बोधगम्यता रहेको नै देखिन्छ।

(क) क्षेत्रगत भिन्‍न धिमाल शब्दहरूलाई सम्भव भएसम्म सबै नै प्रविष्टि गरिएका छन्। प्रविष्टिसँगै ठाउँअनुसार क्षेत्रगत संकेतले जनाइएका छन्। जस्तै:- बेबे (पू) ना. मासु n. meat; बिहा (प) ना. मासु n. meat; बुअ्‌थुर (प) ना. पसिना n. sweat; बुम्‍बुलि (पू) क्रि. बुई गर्नु v. to piggyback; to carry on the back आदि।

(ख) पूर्वी र पश्‍चिमी दुवै क्षेत्रमा साझा रूपमा बुझिने धिमाल शब्दहरू प्रविष्टि गर्दाभने कुनै सङ्केतको प्रयोग गरिएको छैन। जस्तै:- बेअ्‌ ना. श्रीमती n. wife; बोथ्ला वि. भुत्तो adj. blunt; भोइन्‍हालि क्रि. टुक्रिनु v. to be broken आदि।

४.२ शब्द वर्ग (Parts of speech)

यस त्रिभाषी (धिमाल–नेपाली-अङ्‍रेजी) शब्दकोशमा मूल प्रविष्टीमा प्रयोग भएका धिमाल शब्दहरूमा शब्दवर्गको जानकारी दुवै भाषा (नेपाली र अङ्‍रेजी) मा राखिएका छन्। भाषिक भेदको शङ्केतपछि नेपाली शब्दवर्गको जानकारी राखिएको छ। जस्तै:- सोपोन (पू) ना. सपना n. dream; सोपोन्दा (प) ना. सपना n. dream आदि।

धिमाल भाषाको विशेषताअनुसार पाँचवटा शब्द वर्गहरू: नाम, सर्वनाम, क्रिया, विशेषण र क्रियाविशेषणअन्तर्गत नै सबैजसो प्रविष्‍टिहरूलाई समेटि