लोछोधुन ल्होपा संघ

शुभकामना!!!

नेपालको सिमान्‍तकृत आदिवासी जनजातिमध्‍ये एक ल्‍होपा हो। ल्‍होपाहरूको आफ्नै पहिचान रहेको छ। भाषा पहिचानको एउटा महत्‍वपुर्ण पक्ष हो। भाषालार्इ स्‍पर्श गर्न नसकिने मानव सम्‍पति मान्‍ने गरिएको छ। भाषा लोप भएमा संस्‍कृतिको लोप हुन्‍छ। तसर्थ ल्‍होपा भाषाको संरक्षण गर्ने बेला आइसकेको छ। यसै सन्‍दर्भमा लोवा (ल्होवा, ल्‍होपा) भाषाको शब्‍दकोश प्रकाशन हुंदैछ भन्‍ने सुन्‍दा मलार्इ खुशी लागेको छ। विश्‍वमा परिवर्तनले हाम्रा मौलिक भाषा तथा संस्‍कृतिहरू संकटमा परेको अवस्‍था तपार्इ हाम्रो सामु स्‍पष्ट छ। यस्‍तो अवस्‍थामा अन्‍य  विकासको साथसाथै भाषा तथा संस्‍कृतिको पनि विकास हुन उत्‍तिकै खाँचो  भएको मैले महसुस गरेको छु। यस्‍तो अवस्‍थामा ल्होवा भाषाको संरक्षण र सम्‍वर्द्धन गर्नमा यस शब्‍दकोशले महत्‍वपूर्ण भूमिका खेल्‍नेछ भन्‍ने मेरो आशा छ।

यो शब्‍दकोशले हाम्रा भावी युवा पुस्‍ताहरूलार्इ आफ्नो भाषा–संस्‍कृतिको बारेमा अवश्य बुझ्नको लागि ल्‍होवा (लोवा) भाषा लेखन प्रणालीको विकास, आफ्नो भाषामा विभिन्‍न पाठ्‌य सामग्री तयार गर्न सहयोग पुग्‍ने छ भन्‍ने मेरो विश्‍वास छ।

अन्‍त्यमा, यस शब्‍दकोश निर्माणका लागि आफ्नो अमुल्‍य समय दिनु हुने सम्‍पूर्ण पात्रहरूको साथै शब्‍दकोष निर्माणमा व्‍यवस्‍थापन गर्ने हिज नेपाल, प्रकाशन गर्ने आदिवासी जनजाति उत्‍थान राष्‍ट्रिय प्रतिष्‍ठानलाई धन्यवाद दिन चाहन्‍छु। साथै यस शब्‍दकोशको व्‍यापक प्रयोगको लागि हार्दिक शुभकामना समेत व्‍यक्‍त गर्दछु।

नुओङचु गुरुङ

अध्यक्ष

लोछोधुन ल्होपा संघ