किरात याक्खा छुम्‍मा

आभारी छौं, याक्खा भाषाको शब्दकोश प्रकाशनसम्म अनवरत लागी पर्नुहुने सम्पूर्ण महानुभाव तथा संस्था प्रति,

शब्दकोश निर्माण तथा प्रकाशन आफैमा चुनौतीपूर्ण काम यस माथि पनि लोपान्मुख भाषा याक्खामा मूल शब्दहरू सङ्‍कलन गरी Semantic Domain को आधारमा नेपाली र अङ्ग्रेजी अनुवाद सहितको यो शब्दकोशले याक्खा भाषाको संरक्षण तथा सम्वर्द्धन, सिक्न र बोल्नको लागी प्रेरणा र अनुसन्धान कर्ताहरूलाई सन्दर्भ सामग्री उपलब्ध भएको छ।

किरात याक्खा छुम्मा आफैंले यो काम गर्नु पर्ने भएता पनि SIL International, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तथा संलग्न याक्खा समुदायको संयुक्त प्रयासमा सफल भएको यो कृतिका लागि सबैलाई धन्यवाद दिन चाहन्छौं र आगामी दिनमा थप काम गर्ने हौसला मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं।

 

भुपाल सिं जिमी

अध्यक्ष

किरात याक्खा छुम्मा, केन्द्रीय कार्य समिति