परिचय

याक्खा भाषा विशेष गरी नेपालको कोशी अञ्चल अन्तर्गत सङ्‍खुवासभा जिल्‍लाको दक्षिणी भाग; धनकुटा जिल्‍लाको पूर्वी क्षेत्र, अरूण नदी पूर्व हिनुवाँखोला उत्तर र लेगुवाखोला दक्षिणको मध्य भाग; सङ्‍खुवासभा जिल्‍ला र धनकुटा जिल्‍लाको सुदुर उत्तरसँग जोडिएको क्षेत्रमा उत्तरी याक्खा; धनकुटा जिल्‍लामा दक्षिणी याक्खा; मेची अञ्चलका इलाम र पाँचभर जिल्‍लाहरूमा पूर्वी याक्खा बोलिने गरिन्छ र भारतमा पनि बोलिन्छन्। नेपालको राष्ट्रिय जनगणना २०११ को आधारमा याक्खाहरू जम्मा २४,३३६ सङ्ख्यामा रहेका छन्।

याक्‍खा भाषामा प्रकाशित यो ग्रन्थ एक्लै दोक्‍लैको प्रयसले निर्मित होइन। SIL International, नेपाल प्रज्ञा-प्रतिष्ठान, आदिवासी जनजाति राष्‍ट्रिया उत्‍थान प्रतिष्ठान, त्रिभुवन विश्‍व विद्यालय र याक्‍खा समुदायको संयुक्‍त पहलमा भएको हो।
लामो समयसम्‍म भाषा शोषणमा रहेको हाम्रो मुलुकमा लोप हुना लागेको याक्‍खा भाषा अर्ध मृत अवास्‍थामा छ। भाषाको साम्रज्‍यले जकडेको आवस्‍थामा एकतिर लिम्‍बु र अर्कोतिर खोम्‍बुका विभिन्‍न भाषाहरूको चेपारोको बिचमा छ। यत्तिकै रहन दिने हो भने यो भाषा निकट भविष्‍यमा लोप हुने निश्‍चित छ। सो दुर्घटना बाट बांच्‍ना केही सहायता पुग्‍दछ भन्‍ने कुरामा आशावादी छौं।

यो शब्‍दकोश SIL International र त्रिभुवन विश्‍व विद्यालयले वर्ण पहिचान गराएको आधारमा वर्णहरू राखिएका छन्‌। भाषा स्‍तरीकरण पनि सोहि समयमा निर्मित (याक्‍खा लेखन गोरेटो) "याकखा छेप्‍मा लाम्‍बु" लाई शिरानी राखेर शब्‍द लेखन कार्य गरिएको छ। जसअन्तर्गत याक्‍खामा ३० ओटा व्‍यन्‍जन ५ ओटा स्‍वर वर्ण निर्धारण भएका छन्‌। तिनै वर्णहरूद्वारा याक्‍खा भाषामा बोलिने शब्‍दहरू संकलन गरिएका हुन्‌। शब्‍द संकलन semantic domain विशेष क्षेत्रभित्र पर्ने शब्‍दहरू मात्र संकलनमा परेकाले कयौं शब्‍दहरू छुट हुन पुगेका हुन सक्दछन्‌ साथै संकलकहरूको अपरिपक्‍कताले गर्दा पनि महत्‍वपूर्ण शब्‍दहरू छुटेका हुन सक्‍दछन्‌। यति हुँदाहुँदै पनि पाठकवृन्‍दमा शब्‍दहरूको अभाब नहोस्‌ भनि भरमग्दुर प्रयास गरिएको छ।

याक्‍खा बोल्‍ने, बोल्‍ना चाहने, बोलि मन पराउने, अनुसान्‍धान गर्न चाहने, लगानी गर्न रुची हुने, सिक्‍ने, सिकाउने सबैलाई सहयोग पुर्‍याओस् भन्‍ने कामना गर्दछौं। अनि यो काम पूरा गर्दासम्‍म दु:ख गर्नुहुने तमाम‌ महानुभावहरूमा आभार व्‍यक्‍त गर्दै आगामी काममा सुझाबको आपेक्षा राख्‍दछौं।

यक्खा समूह