आभारी

आभारी

 

यस शब्‍दकोशको लागि मुख्‍य योग्‍दानकर्ता मकवानपुर, काँकडा, माइसिराङ्‌ गाउँका भविकन च्‍योःबाङ्‌ हुन्‌। योग्‍दान गर्ने अन्‍य पनि धेरै जना छन्‌ जसलाई यहाँ उल्‍लेख गर्न सकिंदैन। उहाँहरूको कारण यस शब्‍दकोशको दायरा बढ्‌दै गएको हो। यसकारण म सम्‍पूर्ण च्‍योःबाङ्‌ समुदायलाई हार्दिक कृतज्ञता व्‍यक्त गर्न चाहन्‍छु र विशेष गरी भविकनलाई। यो शब्‍दकोश निर्माण गर्नमा उहाँहरूको सहयोगको ठूलो हिस्‍सा छ।

अर्का महत्‍वपूर्ण योग्‍दानकर्ता द्वारिका श्रेष्ठ थिए, जसले नेपाली शब्‍दावलीहरू उपलब्‍ध गराउनु भयो, जसको लागि म धेरै कृतज्ञ छु।

दिवाकर मान श्रेष्ठले शब्दकोश प्रकाशनको लागि टाइपसेटिङ्ग र कभरको काम गर्नु भयो।

अन्‍तमा यस त्रि-भाषीय शब्‍दकोशको एउटा महत्‍वपूर्ण खेमा पनि छ, र त्‍यो हो नेपाल र एसियाली अध्‍ययन्‌ केन्‍द्र (सिनास), त्रिभुवन विश्‍वविद्यालय, काठमाण्‍डू। यस केन्‍द्रको सामयिक उत्‍साह र हौसलाको कारण यस शब्‍दकोश संग्रह र सृजना गर्न सकिएको छ। यसकारण म केन्‍द्र र विश्‍वविद्यालयका अधिकृतहरूलाई धन्‍यवाद ज्ञापन गर्न चाहन्‍छु। विशेषगरी प्राध्‍यापक निर्मल तुलाधरज्‍यूलाई, उहाँको उत्‍साह र सहयोगको लागि धन्‍यवाद ज्ञापन गर्न चाहन्‍छु।