दुई शब्द

दुई शब्द

 

नेपालको आदिवासी जनजातिमध्‍ये चेपाङ जाति पनि एक हो। नेपालमा बसोबास गर्ने चेपाङ समुदायको आफ्‍नै भाषा, धर्म संस्‍कृति रहेको छ। सं. २०६८ सालको जनगणना अनुसार चेपाङहरूको कूल जनसंख्‍या ६८,३९९ रहेको छ। यो जातिले बोल्‍ने चेपाङ भाषाको वर्ण पहिचान भएको भएता पनि चेपाङ भाषाको शब्‍दकोश निर्माण हुन सकेको थिएन।

यस समुदायको हकहित, भाषा, धर्म संस्‍कृतिको जगेर्ना तथा संरक्षण, सम्‍बर्द्धन गर्न सं. २०५५ सालमा नेपाल चेपाङ संघको स्‍थापना भएका हो। यो संघ चेपाङ समुदायको समग्र विकासका लागि निरन्‍तर प्रयास जारी रहेको छ।  चेपाङ समुदायको भाषा लोप भईरहेको अवस्‍थालाई मध्‍यनजर गर्दै यस समुदायको भाषा, धर्म, संस्‍कृति सम्‍बन्‍धी अध्‍ययन गर्न सं. २०२४ सालमा न्‍युजिल्‍याण्‍ड देशकेा नागरिक रोस कलीे मकवानपुर जिल्‍लाको काँकडा गाविस वडा नं. ४ माइसिराङ निवासी भविकन चेपाङसँग मिलेर चेपाङ समुदायको भाषा खोज–अुनसन्‍धानमा लागेर निकै बर्षको मेहनत र अनुसन्‍धानबाट करिव सात  हजार शब्‍दको चेपाङ शब्‍दकोश तयार पार्न सफल हुनु भएको छ।

यस अर्थमा चेपाङ समुदायप्रति चिन्‍तनशील भई चेपाङ समुदायको भाषा संरक्षणमा अभिरूचि राख्‍नु हुने डा. रोस कलीको प्रयासलाई सार्थकता तुल्‍याउन चेपाङ शब्‍द सङ्कलनमा सहायोग पुर्‍याउनु हुने भविकन चेपाङ तथा यस शब्‍दकोश निर्माणमा सहयोग पुर्‍याउनु हुने सम्‍पूर्ण चेपाङ समुदायलाई धन्‍यवाद दिन चाहन्‍छौं। साथै यस शब्‍दकोशलाई प्रकाशनमा ल्‍याइ दिने आदिवासी जनजाति उत्‍थान राष्‍ट्रिय प्रतिष्‍ठानलाई पनि धन्‍यवाद दिन चाहन्‍छौं। सम्‍पूर्ण चेपाङ समुदायलाई यस शब्‍दकोश अध्‍ययन गरी आफ्‍नो भाषाको महत्वलाई प्राथमिकता दिई आवश्‍यक  सुझाव र सल्‍लाहको अपेक्षा राखेका छौं।

यस शब्‍दकोशमा प्रयोग भएको “च्‍योबाङ” शब्‍द  समय–काल–परिस्‍थीति अनुकुल अपभ्रंस भई  भई चेपाङ बन्‍न पुगेको छ। यो शब्‍द चलनचल्‍तीमा, सरकारी सूचीमा र चेपाङ जातिको आधिकारिक कागजपत्र तथा अभिलेखहरूमा समेत च्‍योबाङ शब्‍द नभई चेपाङ शब्‍द प्रयोग भएको पाइन्‍छ।

पहिलो संस्‍करणको रूपमा यो प्रकाशन यहाँहरू समक्ष ल्‍याएका छौं। यो नै पूर्ण भने होइन। यसलाई आवश्‍यकता अनुसार संशोधन गर्दै थप खोज अनुसन्‍धानमा संस्‍था लागी पर्नेछ भन्‍दै लेखक डा. रोस कली, चेपाङ भाषी भविकन चेपाङ, नेपाली भाषामा सहयोग गर्नु हुने द्वारिका श्रेष्‍ठप्रति हार्दिक कृतज्ञता अर्पण गर्दछौं।

जितेन्‍द्र चेपाङ

केन्‍द्रीय अध्‍यक्ष

नेपाल चेपाङ संघ