परिचय

परिचय

यस शब्‍दकोश च्‍योःबाङ्‌ भाषीहरूको लागि शब्‍द-संग्रह गर्न लिखित अभिलेखको आधार होस्‌ भनी तयार पारिएको हो। त्‍यसैले रोस कोलीद्वारा विज्ञहरूको लागि भनेर पहिलै ई. २००० सालमा प्रकाशित गराइएको अङ्रग्रेजी र च्‍योःबाङ्‌ शब्‍दकोशको परिपूरकको रूपमा यो शब्‍दकोश रहेको छ। यो शब्‍दकोश चाहिँ विशेषत च्‍योःबाङ्‌ मानिसहरूको लागि लेखिएको हुनाले, भाषाको विस्‍तृत जानकारी र यसको सन्‍दर्भहरू यस कार्यमा उल्‍लेख गरिएका छैनन्‌। यस्‍तो किसिमको जानकारीको लागि पाठकले माथि उल्‍लेख गरिएको कार्यलाई नियाल्‍नु पर्ने हुन्‍छ।

हालको यस शब्‍दकोशमा करीब ६,००० प्रविष्टिहरू रहेका छन्‌ जसमा शिर्ष-शब्‍द च्‍योःबाङ्‌मा र परिभाषाहरू दुबै नेपाली र अङ्‌ग्रेजीमा रहेका छन्‌। स्‍थानको कमीको कारणले गर्दा उदाहरणहरू च्‍योःबाङ्‌ र अङ्‌ग्रेजीमा मात्र राखिएका छन्‌। च्‍योःबाङ्‌ र नेपाली देवनागरी लिपिमा छन्‌, तथा यसको शीर्ष-शब्‍दलाई रोमी लिपिमा पनि ढालिएको छ।

यस शब्‍दकोशमा प्रयोग गरिएको प्राकृत-भाषाको प्रारूप मकवानपुर जिल्‍लाको पश्‍चिमी भागमा प्रचलनमा रहेको पूर्वीय बोलीमा आधारित छ। तापनि अन्‍य क्षेत्रको प्राकृत-भाषाहरूबाट पनि केही उल्‍लेख्‍य संख्‍यामा शब्‍द-संग्रह गरिएका छन्‌। यसमा पश्‍चिमी प्राकृत-भाषा र भूजेल शब्‍दहरू समावेश छन्‌।

वणर्विन्‍यास र उच्‍चारण

च्‍योःबाङ्‌ प्रविष्टिहरू र उदाहरणहरूको लागि प्रयोग गरिएका देवनागरी स्‍वरहरू विभिन्‍न प्रकृतिको भएको कारणले गर्दा च्‍योःबाङ्‌ ध्‍वनीहरूलाई प्रतिनिधात्‍व गर्ने विभिन्‍न तरिकाहरू छन्‌, विशेषगरी व्‍यञ्‍जन समिश्रणहरूको लागि। यस कार्यमा प्रयोग गरिएको वणर्विन्‍यासले समस्‍याको जटिलताको केवल एउटा मात्र सम्‍भाव्‍य समाधानको प्रतिनिधात्‍व गर्छ र यसले थप छलफलको लागि एउटा आधार प्रस्‍तुत गर्दछ।

माथि उल्‍लेख गरिए झैं, यस शब्‍दकोशले सामान्‍यतया च्‍योःबाङ्‌ समुदायलाई लक्षित गरेको हुनाले उच्‍चारणको बारेमा विस्‍तृत जानकारी दिइएको छैन। गैर-भाषीहरूले कोली, २००० सन्‍दर्भ हेर्नु पर्छ वा सूचीकृत गरिएको च्‍योबाङ्‌ शब्‍द र उदाहरणको सठिक उच्‍चारणको लागि च्‍योःबाङ्‌ वक्तालाई सोध्‍दा अझ धेरै राम्रो होला।