दुई शब्द

यस शब्दकोशमा संखुवासभा जिल्‍ला भोटखोला गाउँपालिका वडा नं २ छोङ्दी (चेपुवा) गाउँ (वा क्षेत्र) मा बोलिने ल्होमी भाषालाई केन्द्रीय मानक भाषा मानिएको छ। ल्होमी भाषा नयाँ पिँढीमा पुस्तान्तरण गर्न  सहज होस् साथै भाषा लोप हुन नदिई संरक्षण, संवर्द्धन र विकासमा टेवा पुर्‍याउन सकियोस् भन्‍ने सामुदायिक एवं संस्थागत ध्येयले लामो समयको अन्तरालपछि त्रिभाषी (ल्होमी - नेपाली - अंग्रेजी) र त्रिलिपि (नागरी – रोमन - आईपीए) मा यो शब्दकोशको निर्माण गरिएको छ।