देउराली विद्यालय

आदरणीय आठपहरिया दाजुभाइ तथा दिदीवहिनी, बुबा आमा, बाजे बजु अनि मेरा सहोदर साथीहरू यहाँहरू सबैलाई सादर नमस्कार (बाबा) छ।

नेपाल अधिराज्यको पूर्वी पहाडी क्षेत्र धनकुटा जिल्‍लामा अवस्थित धनकुटा नगरपालिका वडा नं: १, २, ३, ४, ५, ६, ७, ८, ९ अनि वेलहारा र भिरगाउँमा आदिम कालदेखि बसोवास गर्दै आएका आठपहरिया जातिको छुट्टै रहन-सहन, परम्परा, भेषभूषा, धर्म, संस्कृति र रीतिरिवाज रहेको पाइन्छ। आठपहरिया जाति भित्र पनि विभिन्‍न थर, पाछा र थलो रहेको छ, किनकी यस भित्र मार्ग जिमी र अन्य थलो मान्‍ने गरेको छ भने जाति थर, पाछा र थलो रहे  पनि भाषा एउटै रहेको चलन चल्तिमा हालै भाषाविद्हरूको लेख अनुसार आठपहरिया सानाङ्‌गो भाषा प्रचालित रहेको पाइन्छ। यसमा बेलहारा क्षेत्रमा कोडेम्बा (खाल्सा) भाषाको प्रचलन रहेको छ भने अहिले आएर यो भाषा लोपोन्मुख अवस्थामा रहेको पाइन्छ। यो भाषा बचाउनको लागी पुनःउत्थान गर्न आवश्यक देखिन्छ।

हाल नेपाल एक्‍काइसौं शताब्दीमा प्रवेश गरिसकेको अवस्थामा आफ्नो मातृ भाषालाई पछाडि पार्न खोजिरहेको अवस्था रहेको छ। यसलाई निराकारण गर्नका लागी भाषा वृद्धि, विकास गर्न अत्यन्त आवश्यक रहेको छ। भाषा विकास र भाषालाई स्थायित्व प्रदान गर्न शव्द संकलन, शव्द निर्माण, वाक्य निर्माण गरी व्यवहारमा प्रयोग र भावी सन्ततीहरूलाई उपहारको रूपमा यो वृहत शव्दकोश निर्माण गर्न प्रयास गरिएको छ। यसले आठपहरिया भाषालाई दिगो र अर्थपूर्ण बनाउन, आठपहरिया भाषा संरक्षण र सम्वर्द्धन गर्नका लागी ठूलो सहयोग पुग्ने छ भन्‍ने कुरामा विश्वास लिएको छु।

भाषा एउटा जातिय अस्तित्व जोगाउने प्रमुख अङ्‍ग हो, यसलाई बचाउन तपाई हामी सम्पूर्ण आठपहरिया भाषी जनजातिले हातमा हात, काँधमा काँध मिलाएर अघि बढी भाषा लेखनको विकासलाई मध्ये नजर गरेर अघि बढ्नु पर्ने देखिन्छ। हालै हाम्रो आठपहरिया भाषा विकासमा मद्दत गर्न तत्पर हुनु भएका विभिन्न संघ संस्थाहरू तथा एसआईएल, जनजाति महासंघ प्रतिष्ठान र एशियाली भाषा अनुसन्धान विभाग त्रिभुवन विश्वविद्यालय किर्तिपुरको सहयोग र योगदानमा वृहत शब्दकोश निर्माण भएको छ। यस कार्यलाई सफल पारीदिनु हुने सबै संघ संस्थाहरूलाई मेरो हृदय देखि नै स-धन्यवादका साथ न्यानो अभिवादन छ।

भाषा लेखन कार्यलाई अर्थपूर्ण र जिवित वनाउन आठपहरिया भाषालाई वृहत शब्दकोशको अत्यन्तै आवश्यक  रहेको छ। यसले आठपहरिया भाषा लेखन शैलीमा अरु थप उर्जा दिनेछ भन्ने कुरामा दुई मत नहोला। र भावी पिँढीका लागी कोशेढुङ्गा रुपमा सावित हुनेछ भन्ने कुराको विश्वास लिएको छु।

मानुभक्त राई

शिक्षक

श्री देउराली निम्‍न माध्यामिक विद्यालय

सान्ताङ्ग-८, धनकुटा