परिचय

नेपालमा बसोबास गर्दै आएका विविध आदिवासी जनजाति अन्तर्गत आठपहरिया जाती पनि एक आदिवासी जनजातिको रूपमा रहेको छ । यस जातीको मूल थलो नेपालको पूर्व क्षेत्रमा पर्ने धनकुटा जिल्लामा अवस्थित धनकुटा नगरपालिका, भिरगाउँ गा.वि.स. र वेलहारा गा.वि.समा बसोबास गर्दै आएको पाइन्छ। यस जातीको छुट्टै धर्म, छुट्टै भाषा, भेषभुषा रहन सहन रहेको छ । आठपहरिया भाषाका लागी शब्दकोश तयार भएको हुँदा हामीलाई धेरै खुशी लागेको छ । यो शब्दकोश निर्माण गर्दा आवश्यक सहयोग पुऱ्याउने नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्‍द्रीय विभाग कीर्तिपुर र एस आइ एल इन्‍टरनेसनल, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रष्तिठान तथा प्राविधिक क्षेत्रमा प्रत्‍यक्ष र अप्रत्‍यक्ष रूपमा सहयोग पुऱ्याउनु हुने जेफ वेबस्‍टर, मारिसिस्को खाड्गी, दिवाकर मान श्रेष्ठ साथै सम्‍पूर्ण आठपहरिया भाषा प्रेमीहरू प्रति आभार व्‍यक्त गर्दछौं ।
आठपहरिया भाषा शब्‍दकोशको लागी धेरै अभ्‍यास, कसरत र क्षेत्र भ्रमण, सङ्कलन गरी भाषा विकास गर्न र दीर्घकालीन रूपमा आठपहरिया सन्‍ततिहरूको एउटा कोसेलीको रूपमा पस्‍किदै जानी नजानी वृहत् शब्दकोश निर्माण गरिएको छ। यस कार्यमा विभिन्‍न गल्‍ती कमी कमजोरीहरू हुन सक्छ, यसलाई अवश्‍य औँल्याइदिनु हुन्‍छ होला भन्‍ने हामीलाई आशा छ। यो एउटा भाषा विकासका लागि गोरेटो मानिन्‍छ भने, भाषा लेखनको वृद्धि र विकासमा कोशेढुङ्गाको रूपमा साबित गर्न सकिन्‍छ। यस कार्यमा संलग्न भई आफ्नो बुद्धि र बल बुत्ताले भ्‍याएसम्‍म समयको अभाव हुँदा हुँदै पनि आफ्नो जातीय अस्‍तित्‍व जोगाउन र देशको परिस्‍थिति अनुसार पहुँच पुर्‍याउन सङ्घर्षरत मित्रहरूमा धन्‍यवाद छ। यसले गर्दा मुलुकमा रहेर मुलुक भित्रको जातीय अधिकारलाई सुरक्षा गर्न धर्म, संस्‍कृति, परम्‍परा र भेष भुषाले साथै जातीय अस्‍तित्‍व जोगाउने प्रमुख तत्‍व भाषा पनि हो। भाषा विनाको जाती, पाङ्‌ग्रा विनाको रथ जस्‍तै हुनेछ। त्‍यसैले यो वृहत शब्‍दकोशले अवश्‍य पनि भाषा विकासमा सहयोग र योगदान मिल्‍ने छ भन्‍ने कुरामा हामीले विश्वास लिएका छौं। साथै सम्‍पूर्ण आठपहरिया जातीमा सुनमा सुगन्‍ध थपिने छ भन्‍दै हार्दिक कृतज्ञता ज्ञापन गर्दै मंगलमय शुभ कामना व्‍यक्‍त गर्न चाहन्छौं।

-आठपहरिया भाषा शब्द सङ्‍कलन समूह